काठमाडौं । प्रतिनिधि सभामा बजेटमाथि जारी मन्त्रालयगत छलफलमा बोल्दै असन्तुष्टि जनाएका हुन् ।
उनले भने, ‘बजेटमाथि खुसीका साथ कुरा राखौंला भन्ने आशा थियो । तर, केही मन्त्रालयको बजेट हेर्दा गम्भीर भएर बोल्नुपर्ने अवस्था रह्यो । यो बजेटले जनतालाई देखेन, न यो विकास मैत्री भयो । न लगानी मैत्री भयो। न त सरकार पक्ष सांसद मैत्री भयो ।’
उनले बजेट केबल सत्ताधारी मैत्री भएको भन्दै मन्त्री र प्रधानमन्त्री केन्द्रित मात्रै भएको बताए । उनले प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा भएको १२ वटा योजना खन्याएको भन्दै पढेर सुनाए ।

Leave a Reply