काठमाडौं । स्थानीय उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको म्याङ्गो राइड सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले राइडको उद्घाटन गरे ।
स्थानीय अर्ग्यानिक आँपको प्रवर्द्धन गर्ने उद्देश्यले राइडको आयोजना भएको हो । द हिमालयन मोटरसाइकल एक्सपेरियन्सको आयोजनामा भएको राइड जाउलाखेलबाट सुरु भएको हो ।
पहिलो दिन खुलेखानी-हेटौंडा-पथलैया हुँदै बर्दिबास पुग्नेछ । दोस्रो दिन बर्दिबासको म्याङ्गो फार्ममा अवलोकन हुनेछ । त्यसपछि गाईघाट भिमान हुँदै फेरि बर्दिबास पुग्नेछ । यस्तै तेस्रो तथा अन्तिम दिन बर्दिबासबाट हेटौंडा हुँदै टीकाभैरवमा समाप्त हुनेछ ।
हन्ड्रेड्स ग्रुपको सहयोग रहेको राइडमा ८० भन्दा बढी रोयल इन्फिल्ड राइडर सहभागी हुनेछन् । जसमा डाइरेक्टर अमनप्रताप सिंह, कलाकार कर्मालगायत प्रोफेसनल राइडरहरु सहभागी हुनेछन् ।


Leave a Reply