शेर्पा संघको अध्यक्षमा लाक्पा ठिले र महासचिवमा लाक्पा गेल्जे निर्वाचित

काठमाडाैं। नेपाल शेर्पा संघको अध्यक्षमा लाक्पा ठिले शेर्पा निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न संघको सातौं महाधिवेशनबाट अध्यक्षका अर्का उम्मेदवार तेन्जी शेर्पालाई ६९ मतले पराजित गर्दै लाक्पा ठिले निर्वाचित भएका हुन् ।

२१३ मत ल्याएर सिन्धुपाल्चोकका लाक्पा ठिले निर्वाचित हुँदा रामेछापका तेन्जी शेर्पाले १४४ मत ल्याएका थिए ।

सहमतिको प्रयास सफल नभएपछि मतदान प्रकृया मार्फत चयन भएको नयाँ कार्यसमितिको संघको वरिष्ठ उपाध्यक्षमा लाक्पा शेर्पा, तीन उपाध्यक्ष पदमा दावा शेर्पा, संजय शेर्पा र बाबुकाजी शेर्पा निर्वाचित भएका छन् ।

तीन महिला उपाध्यक्ष पदमा ल्हमु शेर्पा, लन्जम शेर्पा र आङकान्डु शेर्पा निर्वाचित भएका छन् ।

संघको महासचिवमा लाक्पा जी शेर्पा निर्वाचित भएका छन् । महासचिवमा लाक्पा गेल्जे शेर्पा निर्वाचित भएका छन् । उनी पत्रकार हुन् । यसअघि संघको सचिव थिए ।

उप–महासचिवमा साङ दोर्जे शेर्पा, सचिवमा मिङमार सार्की शेर्पा, माछिरी शेर्पा र दावा शेर्पा निर्वाचित भएका छन् । कोषाध्यक्षमा आङ दोर्जे शेर्पा र सह–कोषाध्यक्षमा नुर्पु शेर्पा निर्वाचित भएका छन् ।

नयाँ कार्यसमितिको सदस्यहरुमा लाक्पा शेर्पा, सोनाम टाशी शेर्पा, दोर्जे शेर्पा, लाक्पा रिन्जे शेर्पा, छिरिङ शेर्पा, ङाटासी शेर्पा, छिरिङ शेर्पा, लाक्पा शेर्पा, पासाङ किपा शेर्पा, सोनाम शेर्पा, बिरे शेर्पा, आङनिमा शेर्पा, छोङबा शेर्पा, नुर्बु शेर्पा र ल्हाक्चुङ शेर्पा निर्वाचित भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *