स्याङ्जामा आँधीखोलाकाे दोहन रोक्न खोज्नेमाथि वडाध्यक्षद्वारा रड प्रहार !

पोखरा । आँधीखोलाको दोहन रोक्न खोज्दा स्याङ्जा वालिङ नगरपालिका- १० का वडाध्यक्ष सुनिल खनालले आफूमाथि रड प्रहार गरेको दुई जनाले आरोप लगाएका छन् ।

विरोध कार्यक्रममा गएर फर्किंदै गर्दा वालिङ नगरपालिका- ९ सुर्कौदी दरबार चोकमा मोटरसाइकल रोकेर वडाध्यक्ष खनाल र अर्का एक जनाले फलामको रड प्रहार गरेको दिनकर नेपालले सामाजिक सञ्जालमार्फत बताएका छन् ।

उनले आफू र मेघ आलेलाई रड प्रहार गरेको उल्लेख गरेका छन् ।

यस विषयमा जानकारी आएको र खोजी कार्य भइरहेको स्याङ्जा प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि प्राथमिक स्वास्थ्य उपचार केन्द्र लगिएको स्याङ्जा प्रहरीका सूचना अधिकारी प्रशन्नराज चौधरीले जानकारी दिए ।

पीडितबाट निवेदन आएपछि थप प्रक्रिया अघि बढ्ने चौधरीले बताए ।

आरोपका विषयमा बुझ्न खोज्दा वडाध्यक्ष खनालको मोबाइल स्विच अफ गरिएको पाइएको छ ।

Comments

2 responses to “स्याङ्जामा आँधीखोलाकाे दोहन रोक्न खोज्नेमाथि वडाध्यक्षद्वारा रड प्रहार !”

  1. bipin Avatar
    bipin

    Ganatantra ko Bijog

  2. samir Avatar
    samir

    कालो काङ्ग्रेस -हत्यारा माओवादी-भ्रष्ट एमाले भनेका देश बेच्ने तस्कर र अपराधी हुन! सबै नेपाली एकजुट भएर यिनिहरुको प्रतिकार गरौं !

Leave a Reply

Your email address will not be published. Required fields are marked *