काठमाडौं । नकारात्मक धारणा फैलाएको आरोपमा प्रहरीले टिकटकरहरुमाथि कारवाही प्रक्रियालाई तीव्रता दिएको छ । रमा बस्नेत पक्राउ परेको दुई दिनपछि अर्का टिकटकर ड्राइभर रेशम पनि समातिएका छन् ।
बाग्लुङको निसिखोला गाउँपालिका–४ घर भएका ३६ वर्षिय ड्राइभर रेशम भन्ने रेशम राज पौडेललाई विद्युतीय कारोवार ऐन अन्तरगतको कसुरमा पक्राउ गरिएको हो ।
उनलाई नेपालगञ्जको रुपैडियाबाट पक्राउ गरी जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद लिइएको छ ।
प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा सार्वजनिक नैतिकता तथा शिष्टाचार विरूद्धका सामाग्री प्रकाशन गरेकोमा पक्राउ गरेको जनाएको छ ।
ब्यूरोको विज्ञप्तिमा ‘विभिन्न सामाजिक सञ्जाल तथा युट्यूव लगायतका डिजिटल प्लेटफर्महरूमा नियमित रूपमा व्यक्तिहरू तथा संस्थालाई लक्षित गरी तथ्यहीन र आधारहीन विषयमा भ्रमपूर्ण तवरले अपशब्दहरूद्वारा कानूनले वर्जित गरेका शब्द र सामाग्रीहरू प्रसारण गरेको’ उल्लेख छ । व्यक्ति पहिचानका लागि आवश्यक प्राविधिक विश्लेषण र अनुसन्धान गर्दा पौडेलको खुल्न आएको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply