रास्वपाका कारण सांसदको लोगो लगाएर हिँड्दा अपमानित बन्नुपर्ने अवस्था आयो : बर्तौला (भिडिओ)

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले रास्वपाका सांसदहरूले अभद्र शैलीका साथ संसद अवरोध गरेको टिप्पणी गरेका छन् ।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नीलो स्काफ लगाएर रास्वपाका सांसदहरूले अभद्र शैलीका साथ संसद अवरोध गरेको आरोप लगाए ।

मंगलबार प्रतिनिधिसभाको बैठक सुरू भए पुन: नीलो स्काफ लगाएर विरोध गर्ने रास्वपाका सांसदको अडानपछि सहमति खोज्न विहीबारसम्मका लागि संसद स्थगित गरिएको उनको भनाइ छ ।

बर्तौलाले रास्वपाका सांसदहरूको विरोधको शैलीका कारण सांसदको लोगो लगाएर हिँड्दा अपमानित महसुस गर्नुपर्ने अवस्था सिर्जना भएको पनि जिकिर गरे ।

संघीय निजामती सेवा विधेयकलाई सरकारले रोक्न खोजेको आरोपको उनले खण्डन गरेका छन् । विधेयकमाथि छलफल गर्ने, संशोधन वा परिमार्जन गर्ने विषय संसदको अधिकार भएको उनको भनाइ छ ।

Comments

One response to “रास्वपाका कारण सांसदको लोगो लगाएर हिँड्दा अपमानित बन्नुपर्ने अवस्था आयो : बर्तौला (भिडिओ)”

  1. samir Avatar
    samir

    यो महेश बर्तौला पनि मानव तस्कर रमेश लेखकको पक्षमा बोल्दैछ! लाज नभएको भ्रष्ट एमाले !

Leave a Reply

Your email address will not be published. Required fields are marked *