काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध विशेष अदालतको फैसलामा चित्त नबुझेपछि सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
आयोगले सुरक्षण मुद्रण केन्द्रको लागि सेक्युरिटी प्रिन्टिग प्रेस खरिद कार्यमा भ्रष्टाचारजन्य कार्य भएको पुष्टि भएको आरोपमा विशेष अदालतमा दायर गरेको मुद्दामा चित्त नबुझेपछि सोमबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगले पौडेलसहित नविनकुमार पोखरेल, रमेशप्रसाद पोखरेल, मनिकमान महर्जन, रामबहादुर बुढा र शिरीष उपाध्याय समेतका प्रतिवादी विरुद्ध मुद्दा दायर गरेको आयोगका सहाकय प्रवक्ता समेत रहेका उपसचिव देवीप्रसाद थपलीयाले जानकारी दिए ।
विशेष अदालतले २०८१ जेठ ८ मा मा गरेको फैसलामा आंशिक सफाई दिएको भन्दै उक्त फैसला विरुद्ध सोमबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो ।
प्रतिवादी मध्येका विकल पौडेलको हकमा ६९ करोड लाख ८१ हजार ८५४, नविनकुमार पोखरेलको हकमा ४९ करोड ४६ लाख ३५ हजार ९४५, रमेश पोखरेलको हकमा २० करोड ३८ लाख ९३ हजार ८२७, मनिकमान महर्जनको हकमा ३ करोड ४४ लाख ६८ हजार ७२९, रामबहादुर बुढाको हकमा १९ करोड ८८ लाख ९४ हजार २८९ र शिरीष उपाध्यायको हकमा ४० करोड १ लाख ३९ हजार ७३६ रकम विशेष अदालतमा माग दाबी गरेको थियो ।

Leave a Reply