‘आहा बूढानीलकण्ठ’ लक्ष्यसहित १४ प्राथमिकता क्षेत्र समेटेर नीति तथा कार्यक्रम पारित (पूर्णपाठ)

काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक पारित गरेको छ ।

सोमबार नगरसभा १६ औं अधिवेशनमा उपप्रमुख अनिता लामाले सार्वजनिक गरेको कार्यक्रमलाई सभाले पारित गरेकाे हाे । जसमा ‘आहा बुढानीलकण्ठ’को योजनामा समावेशी, दिगो र समृद्ध नगर निर्माणका लागि बहुआयामिक क्षेत्रलाई समेट्ने प्रयास गरिएको छ ।

जसका लागि आगामी दुई वर्षभित्र सेवा प्रवाहको गुणस्तर सुधार, स्थानीय अर्थतन्त्रको सुदृढीकरण, युवाशक्ति परिचालन, वातावरणीय दृष्टिकोणमा संवेदनशील तथा फोहोरमैला व्यवस्थापन, पूर्वाधार विकास, सुशासन प्रवर्द्धन र नवप्रवर्तनमैत्री प्रविधिको प्रयोग मार्फत नगरपालिका समृद्धिको यात्रामा थप सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता उपप्रमुख लामाले व्यक्त गरिन् ।

‘स्वच्छ, शान्त, समृद्ध, पर्यटकीय नगर बुढानीलकण्ठ’ भन्ने मूल मन्त्रका आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो ।

जसमा नगरले स्थानीय तहको रुपमा सेवा प्रवाह, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, फोहोरमैला व्यवसथापन, महिला तथा युवा सशक्तीकरण र सुशासनलाई प्राथमिकताका क्षेत्र तोकेको छ ।

नगरबासीको जीवनमा ठोस परिवर्तन ल्याउन किसिमको कार्यक्रम घोषणा गरेको भन्दै आर्थिक, सामाजिक, पूर्वाधार तथा प्राविधिक समृद्धिलाई समेट्ने गरी योजना निर्माण गर्ने नगरको ध्येय रहेको उपप्रमुख लामाले बताइन् ।

जसमा सहभागितामूलक योजना निर्माण प्रक्रिया, पारदर्शिता र जनउत्तरदायित्व सुनिश्चित गरिन, स्मार्ट सिटीको अवधारणातर्फ अग्रसर हुँदै, वातावरणीय सन्तुलन तथा फोहोरमैला व्यवस्थापन र नवप्रवर्तनशील सोचका साथ अघि बढ्ने दृढ संकल्प यो नीति तथा कार्यक्रम मार्फत व्यक्त गरिने उनले गरिन् ।

यस्ता छन् नगरका १४ प्राथमिकताका क्षेत्र

१. गुणस्तरीय स्वास्थ्य सेवा तथा शिक्षा

२. फलदायी दिगो पूर्वाधार निर्माण तथा सन्तुलित विकास

३. सूचना प्रविधि र तिनको अधिकतम उपयोग

४. वन तथा वातावरण संरक्षण, फोहोरमैला तथा विपद् व्यवस्थापन

५. आर्थिक विकास र राजस्व परिचालन

६. पर्यटन क्षेत्रको विकास र प्रवद्र्धन

७. खानेपानी श्रोतको संरक्षण तथा व्यवस्थापन

८. सार्वजनिक जग्गाको संरक्षण

९. प्रशासनिक पुनर्संरचना तथा संस्थागत सुशासन

१०. भाषा, सस्कृति,कला, साहित्यको संरक्षण, प्रवद्र्धन र विकास

११. उद्यम, स्वरोजगारी र सहकारीताको विकास

१२. युवा शक्ति तथा खेलकुदको प्रवर्द्धन नगरपालिका

१३. कृषि तथा पशुपक्षी क्षेत्रको व्यवसायिक विकास, उत्पादकत्वमा अभिवृद्धि, बजारीकरण तथा व्यवसायिकीकरण

१४. जनसांख्यिक लाभको उच्चतम उपयोग र समावेशीकरण तथा महिला तथा सिमान्तकृत समुदायको मूलप्रवाहीकरण

त्यस्तै, कार्यक्रमले नगर अस्पताललाई नागरिक तथा जनमैत्री आधारभूत अस्पतालको रुपमा विकास गरी विज्ञ सेवासहित सरल, सहज, प्रविधिमैत्री, सर्वसुलभ रुपमा २४ घण्टा सेवा दिने व्यवस्था मिलाइने उल्लेख छ ।

स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित बनाइ बीमितहरुको संख्यामा वृद्धि गर्ने खालका समुदायस्तरमा जनचेतना फैलाउने कार्यक्रमलाई निरन्तरता दिइने, नसर्ने रोगको प्रकोप न्यूनीकरणका लागि स्वास्थ्य प्रवर्द्धनात्मक सेवामा विशेष जोड दिइने जसका लागि निदानात्मक र उपचारात्मक सेवा विस्तार गरिने व्यवस्था कार्यक्रममा समेटिएका छन् ।

त्यसैगरी, बर्थिङ्ग सेन्टरलाइ स्तरीकरण गर्दै गर्भवती आमालाइ निःशुल्क र गर्भ परीक्षण गर्ने कार्य प्रभावकारी बनाइने तथानगर अस्पताल र नगर भित्रका बर्थिङ्ग सेन्टरमा सुत्केरी भएका महिलालाई गुणस्तरीय न्यानो प्रसूति झोला र जनही रु. ३१०० प्रसूति पोषण भत्ता उपलब्ध गराइने, साथै गर्भवती तथा आमा सुरक्षा कार्यक्रम लागू गरिने कार्यक्रमहरु पनि समेटिएका छन् ।

हेर्नुस् नीति तथाकार्यक्रमको पूर्णपाठः

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *