दशौं राष्ट्रिय हाप्किडो प्रतियोगिता बुटवलमा हुने

रुपन्देही । नेपाल हाप्किडो संघ केन्द्रीय समितिको आयोजनामा बुटवलमा ‘दशौं राष्ट्रिय हाप्किडो प्रतियोगिता-२०८२’ आयोजना हुने भएको छ । प्रतियोगिता २०८२ असार ५ गतेदेखि ७ गतेसम्म तीन दिनसम्म सञ्चालन हुने यो प्रतियोगितामा विभिन्न जिल्लाबाट सहभागीहरु आउने भएका छन् ।

सोमवार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा देशभरका सातवटै प्रदेशबाट छनोट गरिएका उत्कृष्ट खेलाडीहरूको सहभागिता रहने जनाइएको छ । आयोजकका अनुसार ५०० भन्दा बढी खेलाडी, प्रशिक्षक, रेफ्री, निर्णायक तथा पदाधिकारीहरूको उपस्थिति रहने छन् ।

नेपाल हाप्किडो संघका अनुसार प्रतियोगिताको उद्देश्य खेलाडीहरूको निरन्तर अभ्यास, क्षमता अभिवृद्धि, राष्ट्रिय एकीकरण तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडीको छनौट गर्नु हो ।

प्रतियोगितामा फाइटिङ तथा हाई फल र लङ फलजस्ता प्रमुख इभेन्टहरू समावेश गरिने संघका केन्द्रीय अध्यक्ष कालीबहादुर मगरले बताए । खेलहरू क्याडेट, जुनियर तथा सिनियर डिभिजन अन्तर्गत पुरुष तथा महिला तर्फ विभिन्न तौल, उमेर र बेल्ट अनुसार प्रतिस्पर्धा हुनेछ ।

नेपाल हाप्किडो संघले यस प्रतियोगितालाई राष्ट्रिय एकता, अनुशासन तथा खेल संस्कृतिको प्रवर्द्धनमा एक महत्वपूर्ण पाइला भएको बताएको छ । प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष धु्रव आचार्यद्वारा गरिने मगरले जानकारी दिए ।

अध्यक्ष मगरले खेलको माध्यमबाट राष्ट्र निर्माणमा योगदान पु¥याउने साझा अभियानमा सबैको साथ, समर्थन र सहकार्यको लागि अनुरोध गरेका छन् ।

प्रतियोगिता देविनगरस्थित नविनऔधोगिक माविको मैदानमा हुने र प्रतियोगिता सम्पन्न गर्न करिब ३० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *