गृहमन्त्रीलाई रास्वपाले ‘मानव तस्कर’ भनेकोप्रति कांग्रेसको आपत्ति, फेरि कोट्यायो उपसभामुखको प्रसंग (भिडिओ)

काठमाडौं । रास्वपाका सांसदहरूले लगाएको नाराप्रति सत्तारुढ दल नेपाली कांग्रेसले नियमापत्ति जनाएको छ । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति माग गर्दै सदनको वेल घेरेर रास्वपाका सांसदहरूले लगाएको नाराप्रति कांग्रेसकी सचेतक सुशीला थिङले नियमापत्ति गरेकी हुन् ।

रास्वपाका सांसदहरूले ‘जनता बेच्न पाइँदैन’, ‘गृहमन्त्री राजीनामा दे’, ‘हाम्रो आन्दोलन जारी छ’, ‘मानव तस्करलाई कारबाही गर’, ‘मानव तस्करलाई संरक्षण बन्द गर’, ‘फासफुस सम्झौता चाहिँदैन’लगायतका नारा लगाएका थिए ।

नियमापत्ति जनाउँदै उनले भनिन्, ‘मानव तस्करीको कुरा उठ्यो, त्यो कसलाई भन्न खोजेको हो ? मानव तस्करीको परिभाषा कसरी पूरा गर्ने हो ? जसले पाँच जनालाई हस्ताक्षर गरेर विदेश पठाएको मानव तस्करी हो कि ? कुन विषयको मानव तस्करी हो ? त्यो स्पष्ट पारियोस् ।’

रास्वपाले गृहमन्त्री लेखकलाई मानव तस्करीसँग जोडेपछि त्यसको प्रतिवादमा कांग्रेसले उपसभामुख इन्दिरा रानामगरको कुरा फेरि उठाएको हो ।

गत वर्ष पार्टी र संसद् सचिवालयसँग असम्बन्धित ५ जनालाई भिसाको लागि अन्तर्वार्ताको समय मिलाइदिन भन्दै उपसभामुख रानाले अमेरिकी दूतावासमा लेखेको पत्र सार्वजनिक भएको थियो । त्यसबेला उपसभामुखले आफूले पत्र लेखेको स्वीकार गरेको भए पनि गलत नियतले नलेखेको प्रष्टीकरण दिएकी थिइन् ।

योबीचमा उपसभामुखलाई महाभियोग लगाएर हटाउनेसम्म तयारीमा प्रधानमन्त्री ओली लाग्दा कांग्रेसबाट पूर्ण समर्थन नपाएपछि ब्याक हटेका थिए । अहिले निरन्तर रास्वपाले गृहमन्त्री लेखकको विषय उठाएपछि कांग्रेस नै फेरि उपसभामुखको विषय कोट्याएको हो ।

Comments

2 responses to “गृहमन्त्रीलाई रास्वपाले ‘मानव तस्कर’ भनेकोप्रति कांग्रेसको आपत्ति, फेरि कोट्यायो उपसभामुखको प्रसंग (भिडिओ)”

  1. Nick Kashyap Avatar
    Nick Kashyap

    उपसभामुख पार्टीको सदस्यनै होइन, तर मानव तस्कर लेखक त कांग्रेस को सदस्य हो नि। जनता बेचेर, बिदेशीको कमारो बनाएर आफ्नो घरखर्च चलाउने नेतृत्व छ नेपालमा , कठै नेपाली जनता!

  2. samir Avatar
    samir

    कालो काङ्ग्रेसको गृहमन्त्री रमेश लेखक मानव तस्कर र अपराधी नै हो।
    यो कुरा त पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले पहिले नै भनी सकेकी थिइन।
    रमेश लेखक पहिलेदेखिकै फर्जी काम गर्ने मान्छे हो!

Leave a Reply

Your email address will not be published. Required fields are marked *