डा. श्रेष्ठको लाइभ लोकेसन अझै अन, गोपिकृष्ण क्षेत्रमा प्रहरीको खोजी

काठमाडौं । फेसबुकमा स्टाटस लेखेर सम्पर्कविहीन बनेका बागमती प्रदेशमा कार्यरत डाक्टर केशव श्रेष्ठको खोजी प्रहरीले तीव्र बनाएको छ । चाबहिलस्थित गोपिकृष्ण हल क्षेत्रभित्रै उनी रहेको आशंकामा खोजी भइरहेको प्रहरी स्रोतले बतायो ।

प्रहरी स्रोतका अनुसार श्रेष्ठको मोबाइल अफ भए पनि ‘ह्वाट्स अप’ अन रहेको छ । अहिले पनि उनको मोबाइल लोकेसन गोपिकृष्ण हल आसपासमै देखिएको स्रोत बताउँछ ।

गोपिकृष्ण पछाडि उनको ससुराली घर भएको पनि बुझिएको छ । ससुराली घरलाई नै लक्ष्यित गर्दै प्रहरीले खोजतलास गरेको हो ।

Comments

One response to “डा. श्रेष्ठको लाइभ लोकेसन अझै अन, गोपिकृष्ण क्षेत्रमा प्रहरीको खोजी”

  1. saru Avatar

    हामी पनि कर्मचारी हो कि हैन भन्ने नै था छैन 3 4 महिना हुदा सम्म बस्ने कुर्सी समेत पाको छैन नेताको आसेपासेले जे भन्यो तेइ मान्नुपर्छ नेपालमा काम गर्न साच्चै नै गारो छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *