संघीय लोकतान्त्रिक मोर्चाको बैठकका यस्ता छन् निर्णयहरू

काठमाडौं। संघीय लोकतान्त्रिक मोर्चाको बैठकले ४वटा निर्णयहरु गरेको छ । मोर्चाका संयोजक राजेन्द्र महतोको अध्यक्षतामा आज बसेको बैठकले ४वटा निर्णयहरू पारित गरेको हो ।

मोर्चाको आगामी बैठक अघि सबै घटक दलहरूबाट सुझाव संकलन गरी कार्यविधिलाई पूर्णता दिने र पूर्ण कार्यविधि आगामी बैठकमा निर्णयार्थ प्रस्तुत गरिने निर्णय भएको छ ।

त्यस्तै आदिवासी जनजातिहरूको मुद्दामा क्रियाशील राजनीतिक दल र संगठनहरूसँग सहकार्य गर्ने निर्णय गरेको छ।

भिजिट भिसासम्बन्धी विषयमा छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्नुपर्ने र मानव तस्करी तथा भ्रष्टाचारमा संलग्न अपराधीहरूलाई कडा कारबाही गर्न माग गर्ने निर्णय भएको मोर्चाले जनाएको छ ।

त्यसैगरी भारतको अहमदावादस्थित विमानस्थल नजिकै एयर इन्डियाको जहाज दुर्घटनामा ज्यान गुमाएका दिवंगत आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरिएको थियो।

बैठकमा मोर्चाका विभिन्न घटक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। मोर्चाले आगामी दिनमा संघीयता, समावेशिता र सामाजिक न्यायका मुद्दाहरूमा थप सक्रियता देखाउने प्रतिबद्धता जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *