मुख्यमन्त्री कार्की र चिनियाँ राजदूतबीच भेट: जोगबनी-किमाथांका सडकदेखि कोशीको सम्भावनासम्मका कुरा

विराटनगर।कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र चीनका राजदूत चेन सोंग बीच भेटवार्ता भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजदूत र मुख्यमन्त्रीबीच भेटघाट भएको हो ।

भेटघाटको अवसरमा दुईपक्ष हितका विषयमा कुराकानी भएको थियो । सो भेटघाटमा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेश सरकारले अहिले गरिरहेको काम का विषयमा प्रकाश पारेका थिए।

कृषि, पर्यटन, सूचना प्रविधिका विषयमा सहयोग गर्नका लागि पनि राजदूत सोंगलाई मुख्यमन्त्री कार्कीले आग्रह गरे । उनले किमाथांका- जोगबनी सडकका विषयमा पनि राजदूतलाई जानकारी गराउँदै सडकले नेपालको पर्यटन र विकासमा महत्वपूर्ण योगदान पुग्ने बताए।

सो अवसरमा चीनका राजदूत चेन सोंगले कोशी प्रदेशको कृषि उत्पादनलाई प्रविधिसँग जोडेर गुणस्तरीय उत्पादन गर्न सके बजार विस्तार हुने बताए।

उनले कोशी प्रदेशको कृषि उत्पादन बजारीकरण का विषयमा चासो राखेका थिए। राजदूत सोंगले किमाथांका क्षेत्रमा आफ्नोतिर सबै निर्माण काम भएको तर नेपालतर्फ काम हुन नसकिरहेको विषयमा पनि चासो । चीनतर्फको भागमा अहिले निर्माण कार्य सम्पन्न भइसकेको छ।

नेपालतर्फको निर्माणमा ध्यान दिनुपर्ने कुरामा उनको जोड थियो। राजदूत चोग केही दिनदेखि कोशी प्रदेशको भ्रमणमा छन्। उनले इलाम लगायत कोशी प्रदेशका विभिन्न क्षेत्रमा चीन सरकारले गरेको सहयोगका कार्यक्रम हरू निरीक्षण गरेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *