स्रोत नखुलेको १८ लाखसहित दुई जना पक्राउ

वीरगन्ज । भन्सार चेकजाँचस्थलबाट सशस्त्र प्रहरीले १८ लाख नेपाली रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

वीरगन्ज महानगरपालिका–२ छप्कैया बस्ने २१ वर्षीय राहुलकुमार तिवारी र बारा, प्रसौनी गाउँपालिका–२ बस्ने ४० वर्षीय कौशलकुमार गुप्तालाई सशस्त्रले नियन्त्रणमा लिएको हो ।

भारतको रक्सौल नाकाबाट फरक फरक मोटरसाईकलमा नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्रको प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट फौजले जाँच गर्दा उनीहरुको साथमा फेला परेको १८ लाख रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएको सशस्त्रका सहायक प्रवक्ता शैलेन्द्र थापाले जनाएका छन् ।

नियन्त्रणमा लिईएका मध्ये बीआर ०५ एटी ०४७५ नम्बरको मोटरसाईकलमा सवार राहुलकुमार तिवारीको साथमा १३ लाख रुपैयाँ र ना ४६ प ९७१० नम्बरको मोटरसाईकलमा सवार कौशल कुमार गुप्ताको साथमा ५ लाख नेपाली रुपैयाँ फेला परेको हो ।

बरामद रुपैयाँमा १ हजार दरको १ हजार ८२ वटा र पाँच दरको १ हजार ४ सय ३६ नोट रहेको छ । रकमको प्रयोजन खुलेको छैन ।

उनीहरूलाई थप कारवाहीका निम्ति सशस्त्रले भन्सार कार्यालयलाई बुझाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *