माधव नेपालको सांसद पद निलम्बन भएको सभामुखले गराए जानकारी (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको सांसद पद निलम्बन भएको सूचना संसद्लाई जानकारी गराइएको छ ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले पूर्वप्रधानमन्त्री समेत रहेका नेपालको सांसद पद निलम्बन भएको जानकारी गराएका हुन् ।

अख्तियारले नेपालमाथि पताञ्जलीको जग्गा हिनामिना प्रकरणमा साढे १८ करोडभन्दा बढी बिगो दाबीसहित उनीविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, २०४८ साथै भ्रष्टाचार निवारण ऐन, २०५८ मा सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भए स्वतः निलम्बन हुने प्रावधान छ ।

Comments

One response to “माधव नेपालको सांसद पद निलम्बन भएको सभामुखले गराए जानकारी (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    पतन्जली, बालुवाटार, धोविखोलाका साथै अहिले रिजाल टासिको ईटहरीको जग्गा पनि बेचेर कमिशन खाएको कुरा आएको छ नि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *