काठमाडौं । विपक्षी दलको बैठक बस्नुअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालबीच छलफल भएको छ । माओवादी केन्द्रको संसदीय दलको कार्यलयमा भेट भएको हो ।
नेपालले संसद खुलाउन मध्यमार्गी उपाय निकाल्नुपर्नेमा छलफल भएको बताए । त्यस्तै प्रचण्डले विपक्षीलगायत दलहरूसँग छलफल गरेर आवश्यक निर्णय हुने बताए ।
सदनको गतिरोध खुलाउन माओवादीको दुई बुँदे ड्राफ्टमा नेकपा एसले सहमति जनाएको छ । भेटमा माओवादी उपमहासचिव वर्षमान पुन, शक्ति बस्नेत, हितराज पाण्डे र समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे लगाएतका नेताहरु समेत सहभागी थिए ।
माओवादी र नेकपा एस सदन खोल्न लचक छन् । तर, रास्वपाले गृहमन्त्री लेखकको राजीनामासहित आफूले अघि सारेको पाँच बुँदे प्रस्ताव कार्यान्वयन हुनुपर्ने अडानमा छ । त्यसबारे आजको बैठकले निर्णय लिनेछ ।
प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजे बोलाइएको छ । तर, अहिलेसम्म दलहरुबीच सहमति जुटिसकेको छैन। सत्तापक्ष माओवादीले अघि सारेको दुई बुँदे ड्राफ्टमा सहमत देखिएको छ । रास्वपाले माओवादीले पनि आफूहरुले अघि सारेको प्रस्तावमा सहमत रहेको दाबी गर्दै आएको छ ।

Leave a Reply