दुर्गेशलाई जापानले दिएन भिसा, ‘नेपाल महोत्सव’ का लागि उडे अनिता र विष्णु

काठमाडौं । अहिलेका चर्चित गायक दुर्गेश थापालाई जापानी दूतावासले भिसा दिन अस्वीकार गरेको छ । उनी सांगीतिक कार्यक्रमका लागि जापान जाने तयारीमा थिए ।

जापानको ओसाकास्थित कान्साइ सहरमा जून १५ र १५ तारिखका दिन ‘नेपाल महोत्सव २०२५’ आयोजना हुँदैछ । गल्कोट समाज जापानले नेपाली दूतावाससँगको समन्वयमा कार्यक्रम गर्न लागेको हो । यसमा दुर्गेशसहित विष्णु खत्री र अनिता चलाउनेलाई नेपालबाट तीनजना गायक-गायिकालाई निमन्त्रणा गरिएको थियो । आयोजकले कार्यक्रमको पोस्टरमा दुर्गेशको सबैभन्दा ठूलो पोस्टर राखेर प्रचार प्रसार गरिरहेका थिए । तर, उनको भिसा नलागेको स्रोतले बतायो ।

स्रोतका अनुसार सुरूमा आयोजकले जापानमा तीनैजनाको डकुमेन्ट बुझाएर भिसाको प्रोसेस गरेका थिए । विष्णु र अनिताको जापानबाट पेपरभिसा काठमाडौंस्थित जापानी दूतावासमा आयो, तर दुर्गेशको आएन । उनले फेरि काठमाडौंकै दूतावासमा भिसा आवेदन गरेका थिए । तर, फेरि पनि उनलाई भिसा दिन अस्वीकार गरिएको स्रोतले बताएको छ । फलतः दुर्गेश रोकिएका छन् ।

दर्जनौं देशहरूमा गएर सांगीतिक कन्सर्टमा भाग लिइरहेका अहिलेका हटकेक गायक दुर्गेशलाई के कारणले भिसा रिजेक्ट गरिएको हो भन्ने खुलेको छैन । विष्णु र अनिता भने हिजो नै भिसा कलेक्ट गरेर जापान उडिसकेका छन् ।

दुर्गेशले भने भीसा रिजेक्ट भएकाे  नभएर आफूले नै विथ ड्र गरेकाे बताए । भीसा आउन ढिलाइ भएपछि अगाडि नै कुवेत जानुपर्ने भएकाले पासपाेर्ट फिर्ता लिएकाे उनकाे भनाइ छ ।

साथै उनले जापानका आयाेजकसँग आफूले कुनै सम्झाैता नगरेकाे पनि बताएका छन् ।

नेपाल प्रेससँग कुरा गर्दै दुर्गेशले भने,`मिल्याे भने जाने भनेर आयाेजकसँग कुरा भएकाे थियाे, तर सम्झाैता गरेकाे थिइनँ । उहाँहरूले बनाउनुभएकाे पाेस्टर मैले सेयर गरेकाे पनि छैन । समयमा भीसा नआएपछि पासपाेर्ट फिर्ता लिएकाे हुँ ।´

Comments

One response to “दुर्गेशलाई जापानले दिएन भिसा, ‘नेपाल महोत्सव’ का लागि उडे अनिता र विष्णु”

  1. Nepali kanxo Avatar
    Nepali kanxo

    Nepali kalakar ko ijjat kina pani vsluable hudaina vane ja pani jo sanga pani jaile pani easy available hunu ho. Kalakara ali weighty vayara basnu parxa. Katipaya public place ma afno identity lukaunu pani parxa.

Leave a Reply

Your email address will not be published. Required fields are marked *