भूमिहीन र सुकुमबासीसँग जग्गा प्राप्तिका लागि फेरि मागियो निवेदन

काठमाडौं । भूमि समस्या समाधान आयोगले ५३ जिल्लाका भूमिहिन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गा प्राप्तिका लागि दोस्रोपटक निवेदन मागेको छ ।

जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीका लागि व्यवस्थापन गर्ने प्रयोजनार्थ ३५ दिनको म्याद दिएर सूचना निकालिएको हो । स्थानीय तहबाट वडामा तोकिएका स्थानमा खटिएका लगत संकलक मार्फत आयोगले तोकेको ढाँचामा निवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।

कोशी प्रदेशका १२ जिल्ला, मधेशका ८, बागमतीका ९ , गण्डकीका ७ , लुम्बिनी र कर्णालीका ६/६ र सुदूरपश्चिम प्रदेशका ५ जिल्लाका लागि विभिन्न स्थानीय तहहरू तोकेर आयोगले सूचना निकालेको हो ।

Comments

One response to “भूमिहीन र सुकुमबासीसँग जग्गा प्राप्तिका लागि फेरि मागियो निवेदन”

  1. द्रीपा माझो Avatar

    नमस्ते हजुर हजुर्ले बनेको सुकुम्बासी जग्गा खुलेहोर केके गर्नु पर्क्स हामीले पनि जग्गा पाउनछर

Leave a Reply

Your email address will not be published. Required fields are marked *