काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुको २४ औँ महाधिवेशन त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा जारी छ । जारी महाधिवेशनको नयाँ नेतृत्व चयनका भएको उम्मेदवारी दर्ता भएर उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन भएको छ ।
उम्मेदवारको प्रारम्भिक नामावलीअनुसार अध्यक्षदेखि सदस्यसम्म गरेर ५०० भन्दा बढीको उम्मेदवारी दर्ता भएको छ । जसमा सचिवालय, आयोग र केन्द्रीय सदस्यमा गरेर ११ जना निर्विरोध निर्वाचित भएका छन् । सम्बन्धित पदमा एकल उम्मेदवारी परेपछि उनीहरु निर्विरोध निर्वाचित भएका हुन् । यद्यपि निर्वाचन समितिले निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको छैन ।
दलित, मधेशी, थारु, मुस्लिम अल्पसंख्यक, पिछडिएको वर्ग महिलातर्फको सचिवालय सदस्यमा भने एक पदका लागि एक जनाको पनि उम्मेदवारी परेन् भने लेखा आयोगको सदस्य महिलातर्फ २ पदका लागि पनि एक जनाको पनि उम्मेदवारी परेको छैन् । उम्मेदवारी नै नपरेपछि ती पद रिक्त हुने भएका छन् ।
सचिवालय सदस्य
- बिहानी पंगेनी, सचिवालय सदस्य, विश्वविद्यालय राष्ट्रिय कमिटी
केन्द्रीय सदस्य
- निर्जला पोखरेल, बामगती महिला
- रीया मगर, बागमती महिला
- अस्मिता रेग्मी, बागमती महिला
- सिद्धान्त भट्ट, त्रिवि केन्द्रीय क्याम्पस
- सन्ज्योति नेम्वाङ, जनजाती महिला
- रञ्जता घतानी, दलित महिला
- मनिसा भुल, पिछडिएको क्षेत्र महिला
निर्वाचन आयोग सदस्य
- प्रार्थना डोटेल, महिला
लेखा आयोग सदस्य
- उत्सवी ढकाल, महिला
- रेखा तिवारी, महिला

Leave a Reply