विहानी पंगेनी अनेरास्ववियुको सचिवालय सदस्यमा निर्विरोध निर्वाचित

काठमाडौं । अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्यमा विहानी पंगेनी निर्विरोध निर्वाचित भएकी छन् । ४९ जना निर्वाचित हुने पदाधिकारीपछिको माथिल्लो कमिटी सचिवालय हो ।

विश्वविद्यालय राष्ट्रिय कमिटी महिलाबाट विहानी पंगेनी निर्विरोध भएको निवर्तमान अध्यक्ष समिक बडालले बताए ।

गायक बद्री पंगेनीकी छोरी विहानी अघिल्लो महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन् । उनी कानूनको विद्यार्थी हुन् भने उद्घोषण र कलाकारितामा पनि संलग्न छिन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *