काठमाडौं । नेपाल प्रहरीको डीएसपी हुँ भनेर मुद्दा मिलाइदिने भन्दै ठग्ने २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारी ८ का ४५ वर्षीय ज्ञानबहादुर लामा भन्ने ज्ञानु तामाङ र सुनसरीको इटहरी उपमहानगरपालिका ४ घर भई कलंकी बस्ने ४२ वर्षका रेवती ओझा रहेका छन् ।
नक्कली डीएसपी बनेर हिरासतमा रहेको मानिसको मुद्दा मिलाइदिने भन्दै उनीहरूले ६ लाख रुपैयाँ ठगेको निवेदनका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
ज्ञानु २०७० साल फागुनमा हात हतियार खरखनाजासम्बन्धी कसुरमा ५ वर्ष जेल बसेर निस्किएको यस्तै २०६७ सालतिर केही सार्वजनिक अपराध, जुवासम्बन्धी कसुरमा मुद्दा चलेको व्यक्ति भएको प्रहरीले जनाएको छ ।
अदालतबाट उनीहरू दुवैजनालाई ५ दिनको म्याद थप गरिएको छ ।

Leave a Reply