नेपाल टेलिकमको सेवा डेढ घण्टा अवरुद्ध

काठमाडौं । कम्प्युटर प्रणालीमा समस्या आउँदा मंगलबार दिउँसो नेपाल टेलिकमको सेवा प्रभावित भएको छ ।

टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार दूर सञ्चार प्रणाली र बिलिङ प्रणालीबीचको इन्टरफेसमा समस्या आएको ९ओसीएस० कारण त्यस्तो भएको हो ।

ओसीएसकै कारण मंगलबार अपराह्न २ बजेदेखि करिब डेढ घण्टा नेपाल टेलिकमको सेवा प्रभावित भएको थियो । उक्त समस्याले अगमन कल र डायलिङ कलसहित एसएमएस सेवामा अवरोध आएको थियो ।

उक्त समस्याको निराकरण भइसकेको प्रवक्ता मानन्धरले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *