सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्तिको सिफारिस

काठमाडाैं । न्यायपरिषद वैठकले सर्वोच्च अदालतमा तीनजना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ ।

सिफारिस हुनेमा सर्वोच्च बारका अध्यक्ष समेत रहेका वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, जनकपुरका मूख्य न्यायाधीस श्रीकान्त पौडेल र दिपालयका मुख्य न्यायाधीस शान्तीसिंह थापा रहेका छन् ।

सर्वोच्च अदालतमा चार न्यायाधीशको पद रिक्त रहेकोमा तीनजनाका लागि आज सिफारिस भएको हो । न्यायपरिषदका सदस्यहरु तीन दिनदेखि सहमति जुटाउन औपचारिक र अनौपचारिक छलफलमा जुटिरहेका थिए ।

कानून व्यवसायीका तर्फबाट पोखरेल छानिएका हुन् । उनी हालै मात्र सर्वोच्च बार एसोसिएसनको अध्यक्षमा निर्वाचित भएका थिए । पोखरेल कांग्रेस निकट कानून व्यवसायीको संस्था डीएलएबाट उम्मेदवार बनेर जितेका थिए । यस्तै मुख्य न्यायाधीसबाट वरिष्ठताका आधारमा पौडेल र थापालाई सिफारिस गरिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *