देश आयातको भरमा चलेको छ, निर्यात त मान्छेमात्रै गर्नेजस्तो भइसक्यो : देउवा (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल आयातको भरमा टिकेको बताएका छन् ।

पार्टीको आपूर्ति तथा उपभोक्ता विभागको बजेटसम्बन्धी छलफल कार्यक्रममा बोल्दै नेपालले मान्छेबाहेक केही निर्यात नै गर्न नसक्नेजस्तो अवस्था भइसकेको बताए ।

उनले भने, ‘सरकारले व्यापार गर्ने होइन, उद्योग खोल्ने होइन, उद्योगपतिले उद्योग खोल्ने, व्यापारीले व्यापार गर्ने कुरा हो, सरकारले सहयोग गर्ने मात्रै हो। हाम्रो पार्टीले सहयोग गर्छ ।’

उनले उद्योगी र व्यापारीलाई आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताए ।

उनले थपे, ‘हाम्रो देश ठूला दुई देशको बीचमा छ । त्यसैले उत्पादन राम्रो नहुन सक्छ, त्यसैले क्वालिटीमा जानसक्यौं भने हाम्रो कुरा बिक्छ ।’

Comments

One response to “देश आयातको भरमा चलेको छ, निर्यात त मान्छेमात्रै गर्नेजस्तो भइसक्यो : देउवा (भिडिओ)”

  1. bipin Avatar
    bipin

    Budeskaal ma buddi palauna thale jasto cha ta …timra bichar timra congress …thuikaa …vrastachaar ko bare ma kehi nabolnee boss

Leave a Reply

Your email address will not be published. Required fields are marked *