मन्त्रालयमा सुधारको काम गरिरहेको छु : गृहमन्त्री (भिडिओ)

काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफूले गृह मन्त्रालय सम्हालेपछि नीतिगत सुधारका प्रयासहरू गरिरहेका दाबी गरेका छन्।

राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै आफूले गृह मन्त्रालयको सुधारका लागि काम गरिरहेका बताए।

उनले भने, ‘यो सरकार गठन भएको ११ महिना पुग्न लागेको छ। मैले जिम्मेवारी लिएको पनि ११ महिना पुगेको छ। मैले यो समयमा गृह मन्त्रालयमा नीतिगत, कानूनी र संरचनागत सुधार गर्दैछौं।’

उनले नागरिकता विधेयकलाई गृह मन्त्रालयले विशेष महत्त्व दिएर दोस्रो संशोधन प्रस्ताव पेश गरेको बताए।

उनले आएका संशोधन प्रस्तावहरूलाई नै केन्द्रमा राखेर निष्कर्षमा पुग्ने पनि बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *