पोखरामा ‘महाभोज’ को प्रिमियर

पोखरा । दिनेश राउत निर्देशित चलचित्र ‘महाभोज’ को पोखरामा भव्य प्रिमियर गरिएको छ । चलचित्रका प्रमुख कलाकारहरू आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, बुद्धि तामाङ, निर्देशक दिनेश राउत र निर्माता हिमाल कडरिया लगायतको उपस्थितिमा सोमबार पोखरामा चलचित्रको प्रिभ्यु प्रिमियर सम्पन्न गरिएको हो।

प्रिमियरमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, प्रमुख जिल्ला अधिकारी दुर्गादेवी शर्मा र केही सहकारी पीडितहरूले चलचित्र हेरेका थिए । चलचित्र हेरेपछि उपस्थित सबैले ‘महाभोज’ को कथा, प्रस्तुति शैली र कलाकारहरूको अभिनयको प्रशंसा गरे।

चलचित्रको परिवेशमा पूर्ण रूपमा भिजेका दर्शकले कार्यक्रममा बोल्दै ‘महाभोज’ ले ‘आगो’ चलचित्रले झैँ विद्रोह जन्माउन सक्ने बताए । उनीहरूले यो चलचित्रमा सत्ताधारीहरूलाई नै तलमाथि गराउन सक्ने शक्ति रहेको विश्वास व्यक्त गरे । केही दर्शकले भने यदि कसैको दबाबमा चलचित्रका दृश्यहरू काँटछाँट भएमा त्यसो गर्नेको विरुद्धमा आफूहरू उभिने चेतावनीसमेत दिए ।

क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको प्रस्तुतिमा बनेको यस चलचित्रका निर्माता हिमाल कडरिया हुन् । चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, मोहन निरौला लगायतका कलाकारहरूको प्रमुख भुमिका छ । चलचित्र यहीँ शुक्रवार जेठ ३० गतेबाट देशभर प्रदर्शनमा आउँदैछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *