काठमाडौं । नेपाली बजारमा गुणस्तर र नवप्रवर्तनका लागि विश्वासिलो भारतको नं १ टायल कम्पनी कजारियाले आफ्नो सबैभन्दा प्रिमियम उत्पादन एचडी पोलिस्ड टायल (६०X१२० सेमि) सार्वजनिक गरेको छ । नेपालमा पहिलो पटक केवल कजारियामा मात्र उपलब्ध यो विशेष टायलले सौन्दर्य, मजबुती र अत्याधुनिक प्रविधिलाई एकसाथ जोड्दै देशमा लक्जरी फ्लोरिङको नयाँ पहिचान बनाएको कम्पनीको दाबी छ ।
कजारियाका अनुसार विश्वस्तरीय मापदण्डअनुसार नवीनतम प्रविधिद्वारा निर्मित, एचडी पोलिस्ड टायल विशेषगरी भित्री सतहका लागि डिजाइन गरिएको हो । ऐना जस्तै चम्किलो, उच्च गुणस्तरीय प्रिन्ट, र सुपरस्मूथ फिनिश रहेको यस टायलले जुनसुकै ठाउँलाई अझ आकर्षक र भव्य बनाउने कम्पनीले जनाएको छ ।
अत्यन्त टिकाउ, घिसावट प्रतिरोधी, न्यून पानी सोस्ने क्षमता भएको यो टाइल ५ तारे होटल, लक्जरी मल, उच्चस्तरीय शोरूम तथा अन्य प्रिमियम इनडोर स्पेसहरूको लागि उत्कृष्ट रोजाइ हो ।
‘यो केवल टायल होइन, विलासिताको अनुभव हो । नेपालमा यस्ता उच्च गुणस्तरको उत्पादन पहिलो पटक ल्याउन पाउँदा हामी गर्व गर्छौं । यो टायल शहरी क्षेत्रमा पहिले नै लोकप्रिय बनिसकेको छ र अब हामी नेपालका आर्किटेक्ट र इन्टेरियर डिजाइनरहरूलाई यस टायलमार्फत गुणस्तरमा नयाँ मापदण्ड प्रदान गर्न उत्साहित छौं’, कजारिया रामेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले भने ।
उनले ६०X१२० सेमिको एचडी पोलिस्ड टायल सधैं उत्कृष्टता खोज्नेहरुका लागि बनाइएको बताए ।
‘उचित हेरचाहसाथ दशकौँसम्म टिक्ने गरी निर्माण गरिएको यो टायलले केवल ठाउँको सौन्दर्य बढाउनेमात्र होइन, सफाइ र मर्मतमा पनि सजिलो बनाउँछ । प्रिमियम प्रिन्ट र चम्किलो फिनिशसहित प्रत्येक टायलले भुइँलाई अझ आकर्षक र सुन्दर देखिने बनाउँछ’, उनले थपे ।
५ स्टार होटल, लक्जरी अपार्टमेन्ट, मल र अन्य व्यवसायिक स्थानहरूबाट बढ्दो मागसँगै, कजारियाको एचडी पोलिस्ड टायल नेपालमा प्रिमियम फ्लोरिङका लागि पहिलो रोजाइ बन्न थालेको छ । यसले कम्पनीलाई नेपाली टायल उद्योगमा विश्वस्तरीय उत्पादनहरूसहित अग्रणी स्थानमा राख्न कजारियाको गुणस्तर, नवप्रवर्तन र ग्राहक सन्तुष्टिप्रतिको निरन्तर प्रतिबद्धतालाई झल्काउँछ ।
कजारिया रामेश टाइल्स लिमिटेडले नेपालकै सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरेर नेपालको टायल उद्योगमा नयाँ कीर्तिमान स्थापित गरेको छ । विश्वस्तरीय मापदण्डअनुसार तयार गरी अत्याधुनिक प्रविधिद्वारा निर्मित कजारिया रामेश टाइल्स लिमिटेडले आधुनिक सजावटका बदलिँदो रुचिहरूलाई ध्यानमा राख्दै ३ हजारभन्दा बढी विशेष डिजाइन विकल्प प्रस्तुत गरेको छ ।
नेपालभर ४० भन्दा बढी एक्सक्लुसिभ शोरूम र १०० भन्दा बढी भरपर्दो डिलरको बढ्दो नेटवर्कको साथ कजारिया प्रिमियम टाइल्सको क्षेत्रमा एक परिचित नाम बनेको छ । कजारियाले ३०X३० सेमि, ३०X६० सेमि, ३०X४५ सेमि, ६०X६० सेमि, ६०X१२० सेमि र १९.५X१२० सेमि जस्ता विभिन्न साइजमा वाल र फ्लोर टाइल्सको विस्तृत र आकर्षक विकल्पहरु उपलब्ध गराउँदै आएको छ ।

Leave a Reply