तुलसीपुरको बखरियामा ब्रेक फेल भएर बस दुर्घटना, ३० जना घाइते

दाङ । तुलसीपुरको बखरियामा बस दुर्घटना हुँदा ३० जना यात्रु घाइते भएका छन् ।

दंगीशरणको गोल्टाकुरीबाट तुलसीपुर तर्फ आउँदै गरेको ना १ ख ४००९ नम्बरको यात्रुवाहक बस आज बिहान पौने ११ बजे बखरिया ओरालोमा पल्टिएर दुर्घटना भएको हो ।

ओरालोमा ब्रेकले काम नगरेपछि दुर्घटना भएको प्रहरीले जनाएको छ । bघाइते सबैलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पतालमा ल्याइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *