शम्भु थापाद्वारा पत्रकारमाथि दुर्व्यवहार, नेपाल प्रेसकर्मीको क्यामेरामा हातपात (भिडिओ)

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले नेपाल प्रेसकर्मी उमेश कार्कीमाथि दुर्व्यवहार गरेका छन् ।

नेकपा एसको पार्टी कार्यालयमा रिपोर्टिङका लागि गएका कार्कीमाथि थापाले दुर्व्यवहार गरेका हुन् ।

उनले कार्कीले क्यामेराले तस्बिर लिइरहेका बेला क्यामेरामा हानेका थिए । यसरी थापाले क्यामेरामा आक्रमण गरेपछि त्यहाँ रहेका अन्य सञ्चारकर्मीहरुले विरोध गरेका थिए ।

नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल रौतहटबाट फर्केपछि थापालगायतका कानून व्यवसायीसँग छलफल गर्न बोलाएपछि सञ्चारकर्मीहरु समाचार संकलनका लागि गएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा प्रकरणमा नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी छलफल र बैठकमा लागेका छन् ।

याे तस्बिर खिच्दा थापाले कार्कीलाई दुर्व्यवहार गरेका थिए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *