अख्तियारको मुद्दाबारे माधव नेपालले भने- मैले एक रूपैयाँ पनि भ्रष्टाचार गरेको छैन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूले एक रूपैयाँ पनि भ्रष्टाचार नगरेको दाबी गरेका छन् ।

अख्तियारमा मुद्दा परेपछि रौतहटमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूले कसैबाट अनुचित लाभ नउठाएको बताए ।

उनले भने, ‘म राष्ट्रलाई नोक्सान पर्ने कुनै पनि कामको विरुद्धमा रहन्छु । कसैबाट भएको छ भनेर उचित होइन भनेर दृढताका साथ उभिएको छु । त्यहाँ मैले नै निर्देशन दिएँ भनेर लेखिएको छ । मैले मन्त्रीलाई यस्तो कुनै अनुचित काम गर्न आजसम्म निर्देशन दिएको छैन । त्यसको प्रमाण पेस गरियोस् ।’

श्वामी रामदेव र आचार्य बालकृष्ण जस्तो व्यक्ति भएको पताञ्जलीतमा अनुचित गर्ने कुरा कसैले कल्पना गर्न पनि नसक्ने नेपालको भनाइ छ ।

उनले थपे, ‘मैले अनुचित उद्देश्यका साथ केही गरेको छैन ।’

अख्तियारले पतञ्जली योगपीठ तथा आयुर्वेद विद्यालयको नाममा दिइएको जमिन अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *