राजावादी आन्दोलन देशभरि फैलाउने निर्णय, कर्मचारीदेखि सेना–प्रहरीलाई सहभागी हुन अपिल

काठमाडौं । नवराज सुबेदी नेतृत्वको जनआन्दोलन समितिले काठमाडौं केन्द्रित आन्दोलनलाई देशभरि फैलाउने निर्णय गरेको छ । समितिमा आवद्ध ४५ दल, समूह र अभियानको आज भएको वैठकपछि सो निर्णय सार्वजनिक गरिएको हो ।

नवदुर्गा पार्टी प्यालेसमा भएको बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन अनुपस्थित बनेका थिए । उनको अनुपस्थितिमा प्रश्न उठाउँदै केही कार्यकर्ताले होहल्ला गरेपछि बैठक बिना निस्कर्ष स्थगन गरिएको थियो । सोही वैठकको भावना अनुसार नयाँ कार्यक्रम निर्धारण गरिएको भन्दै सुबेदीले विज्ञप्ति जारी गरेका छन् ।

पहिलो चरणको आन्दोलनबाट प्राप्त अनुभवलाई दृष्टिगत गर्दै आन्दोलनको भावि स्वरुपमा परिवर्तन गरिएको उनले बताएका छन् । काठमाडौं उपत्यकाका विभिन्न पालिकाहरुमा विरोध प्रदर्शनहरु निरन्तर जारी रहने तथा देशका प्रमुख शहरहरुमा विरोध सभा, धर्ना र जनप्रदर्शन गर्ने जनाइएको छ ।

आन्दोलनलाई अझ सशक्त र प्रभावकारी बनाउन स्थानीय तहदेखि नै संयुक्त जनआन्दोलन समिति गठन गर्ने निर्णय पनि गरिएको छ । देशका विभिन्न जिल्लामा आन्दोलनका कार्यक्रम सञ्चालन गरेपछि फेरि काठमाडौं केन्द्रित हुने बताइएको छ ।

आजको वैठकले आन्दोलनका आगामी कार्यक्रममा विभिन्न पेशा, वर्ग लगायत निजामति, सेना र प्रहरीलाई पनि साथ दिन अपिल गरेको सुबेदीले बताएका छन् ।

Comments

2 responses to “राजावादी आन्दोलन देशभरि फैलाउने निर्णय, कर्मचारीदेखि सेना–प्रहरीलाई सहभागी हुन अपिल”

  1. Laleek Avatar
    Laleek

    वाईयात ! मुल संग्लो हुनुपर्छ अरू अरू नै हुनेछ, जयदेश ।।।

  2. KB Gurung Avatar
    KB Gurung

    Sena police auxan tara kam na kaaj ghar ma thankiyera baseka ex haru…bahal wala lai baal matlab xaina….

Leave a Reply

Your email address will not be published. Required fields are marked *