सञ्चारमन्त्रीको प्रष्टोक्ति- गृहमन्त्रीले संसदमा बोल्न पाउनुपर्छ, राजीनामा आवश्यक छैन (भिडिओ)

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिन आवश्यक नरहेको प्रष्टीकरण दिएका छन् ।

बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै गुरुङले गृहमन्त्रीविरुद्ध ठोस प्रमाण नरहेको र छानबिनको प्रक्रियासमेत अघि नबढेकाले राजीनामा दिन आवश्यक नरहेको जिकिर गरे ।

‘प्रतिपक्षीले उठाएका विषयमा सदनमा गृहमन्त्रीले जवाफ दिन पाउनुपर्छ धारणा राख्नुभयो । आग्रह-पूर्वाग्रहको आधारमा गृहमन्त्रीको राजीनामा माग्नु उचित होइन । संसद खोल्नुपर्छ भन्ने हाम्रो माग हो ‘

दलहरूबीच निरन्तर छलफल भइरहेकाले सदनको अवरोध छिट्टै हट्ने गुरुङले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *