सदनको अवरोध हटाउन छलफलमा सभामुख, दलहरूबीच कुरा नमिल्दा बैठक अन्योल

काठमाडौं । सदनको जारी अवरोध हटाउन सभामुख देवराज घिमिरेले छलफल थालेका छन्।

भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिन र राजीनामाको माग गर्दै विपक्षीले सदन अवरोध जारी राखेपछि सभामुखले छलफल थालेका हुन्।

आज दिउँसो १ बजेको लागि बोलाएको प्रतिनिधि सभाको बैठक दलहरुबीच कुरा नमिल्दा अझै सुरु हुन सकेको छैन।

विपक्षीले गृहमन्त्रीको राजीनामाको पक्षमा लचक भएपछि उच्चस्तरीय छानबिन आयोग वा समिति बनाउनुपर्ने प्रस्ताव अघि सारेको छ।

तर सत्तापक्ष गृहमन्त्रीले सदनमा बोल्न नपाई विपक्षीको मागबारे छलफल नगर्ने अडान लिएपछि कुरा मिल्न सकेको छैन।

दलहरुबीच कुरा मिले गृहमन्त्रीले आज जवाफ दिनेछन्।

हिजो पनि दलहरुबीच कुरा नमिदो बैठक बस्नै नबसी स्थगित गरेर आजलाई सारिएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *