काठमाडौं । सरकारकाे वार्ता टाेली र यातायात व्यवसायीबीच सहमतिकाे हस्ताक्षर भएको छ । सोमबार भौतिक पूर्वाधार मन्त्रालयमा भएको वार्तामा सहमतिलाई गण्डकी प्रदेश सरकारले समर्थन गरेपछि आन्दोलनका कार्यक्रम फिर्ता हुने भएकाे छ ।
कार्यदलले गण्डकी प्रदेश सरकारले जारी गरेको निर्देशिका जसमा रातो नम्बर प्लेटलाई पनि कालो सरह दिएको मान्यता फिर्ता गरेपछि आन्दोलन फिर्ता हुने संघर्ष समितिका पदाधिकारीले जानकारी दिए ।
समितिका अनुसार भोलि सबेरै भने गाडी चल्दैन । सरकारले फास्ट ट्र्याकबाट प्रक्रियागत विषयलाइए टुंग्याउने भनेको समितिले जनाएको छ ।

Leave a Reply