काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई न्याय दिलाउन हस्ताक्षर अभियान चलाउने निर्णय गरेको छ ।
सोमबार पार्टीको केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
पार्टीले लामिछानेमाथि षड्यन्त्रपूर्वक राज्यसंयन्त्र र कानूनलाई अस्त्रिकरण गर्दै प्रतिशोधपूर्ण झुट्टा मुद्दा लगाइएको दाबी गर्दै ‘प्रतिशोधविरुद्ध न्यायका लागि वृहत अभियान’ अन्तर्गत हस्ताक्ष अभियानलाई व्यापक बनाउने निर्णय गरेको हो ।
‘सहकारी वचतकर्ताका करोडौं, अरबौं रकम अपचलनमा संलग्न सहकारी सञ्चालक, व्यवस्थापकहरु १०(२० लाख धरौटी बुझाएर एकै दिन पनि प्रहरी हिरासतसमेत नबसी अदालतबाट रिहा हुने तर सहकारी रकम अपचलनमा कहीँकतै संलग्नता नभएका र संसदीय छानबिन समितिले समेत सहकारीबाट रकम अपचलन गर्नमा संलग्नता देखिएन भनी स्पष्ट किटान भएका रवि लामिछानेलाई फसाउने नियतले सरकारले लगाएको झुठा मुद्दा विरुद्ध “प्रतिशोध विरुद्ध न्यायका लागि वृहत अभियान’ अन्तरगत हस्ताक्षर अभियानलाई व्यापक बनाउने’, बैठकपछि झाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply