केएमसी राेजगार मेला : ४५ कम्पनी सहभागी, ४०० बढी विद्यार्थी लाभान्वित

काठमाडौं । बागबजारस्थित काठमाडौं मोडेल कलेजद्वारा आयोजित जब फेयर-२०२५ (राेजगार मेला) सम्पन्न भएको छ । मेलामा बहुआयामिक ४५ कम्पनीको सहभागिता रहेको थियो भने विभिन्न कलेजका स्नातक तथा स्नातकोत्तर तहका ४०० सय बढी विद्यार्थीहरुको सरिक भएका थिए ।

‘करियर क्याम्पस– नेभिगेटिङ्ग स्मार्ट करियर च्वाईसेस इन द एज अफ अटोमेसन एण्ड रिमोट वर्क’ नाम दिइएको प्यानल डिस्कसनमा क्लाउड फ्याक्ट्रीका सक्षम जोशीले विध्यार्थीहरुलाई विश्वविद्यालयको पाठ्यक्रममा मात्र सीमित नरहेर विश्व बजारलाई आवश्यक पर्ने प्रविधिमा जोडदिनुपर्ने बताए । जब मार्केटमा जाँदा एआईको प्रयोगमा इमानदार हुनुपर्ने र प्रष्टसँग आफ्नो विचार राख्नुपर्ने कुरालाई जोड दिए ।

यस्तै, लर्न इन्फिनिटीकी अदिती गोएलले समय सापेक्ष विश्वबजारमा जान चाहने व्यक्तिले सम्बन्धित विषयमा न्यूनतम ज्ञान हासिल गर्नुपर्ने बताइन् । आफूलाई स्थापित गर्नका लागि सम्बन्धित क्षेत्रको विज्ञतामा समयानुकूल हुँदै जानु पर्नेमा जोड दिइन् ।

त्यस्तै, काठमाडौं मोडेल कलेजका कलेज प्रमुख सुरेन्द्र सुवेदीले विश्वबजारको आवश्यकतालाई महसुस गरी त्यही अनुरुपको ज्ञान दिन लागिपरेको बताए । उनले विश्वविद्यालयको पाठ्यक्रममा मात्र सीमित नरही प्रविधिमैत्री वातारणमा समयानुकूल शिक्षा प्रदान गर्न र अहिलेको बजारमा आवश्यक विध्यार्थीहरु उत्पादन गर्न सबै कलेजहरु लाग्नुपर्नेमा जोड दिए । केएमसी कर्पोरेट रिच आउट क्लब प्रमुख कृतिका मुननकर्मी सहजकर्ता रहेको डिस्कसन करिब एक घण्टा चलेको थियो ।

कार्यक्रममा सहभागी विद्यार्थीहरुले आफ्नो रुचिअनुसारको कम्पनीका सम्बन्धित व्यक्तित्वसँग छलफलमा एवं अन्तरवार्तामा सहभागी भई रोजगारीका अवसरका बारेमा जानकारी लिएका थिए ।

केएमसी नेटवर्क अन्तर्गतका कलेज र अन्य कलेजका स्नातक तथा स्नातकोत्तर पढ्दै गरेका र पढाई सकेका विध्यार्थीहरुले जब मेलामा सहभागिता जनाएको कलेजका आन्तरिक गुणस्तर प्रत्यायन प्रमुख ध्रुवप्रसाद तिमल्सेनाले जानकारी दिए । यस्तो कार्यक्रमले आफूलाई निकै फाइदाजनक भएको विद्यार्थीले बताए ।

जब फेयर कार्यक्रममा बैंक, होटेल, कलेज, ईन्सुरेन्स, ईन्जिनियरिङ तथा आई टी सेवा तथा उत्पादनमूलक विभिन्न कम्पनीहरु सहभागी भएका थिए ।

  

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *