मोहन विक्रम र झलनाथबीच कम्युनिस्टहरूलाई सही बाटोमा फर्काउने उपायबारे छलफल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एसका सम्मानित नेता झलनाथ खनाल र नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहबीच भेटघाट भएको छ ।

सोमबारको भेटमा समसामयिक राजनीतिसँगै वामपन्थीहरू बीचको एकता विषयमा छलफल भएको छ ।

वामपन्थीहरू क्रान्तिकारी धारमा अघि बढ्नुपर्ने बेला दक्षिणपन्थी भड्काउमा लागेको भन्दै दुईजनाले चिन्ता जनाएको र कम्युनिस्टहरूलाई सही दिशातिर फर्काउने विषयमा छलफल भएको बताइएको छ ।

सचिवालय स्रोतले भन्यो, ‘उहाँहरूबीच यथास्थितिवाद, पुनरुत्थानवाद र वामपन्थी आन्दोलनभित्र प्रकट भइरहेका दक्षिणपन्थी भड्काउहरूका विषयमा चर्चा र छलफल भयो ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *