राजतन्त्र माग्नेहरू देख्दा दया लागेर आउँछ : ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले दास मानसिकता बोकेका मानिसहरू नागरिक सर्वोच्चता छाडेर राजतन्त्रको पक्षमा उभिएको टिप्पणी गरेका छन् ।

संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले नागरिक सर्वोच्चता छाडेर एउटा परिवारले सधैँ शासन गर्न पाउनुपर्छ भन्नेहरूको मानसिक दरिद्रता देख्दा पनि विचित्र लागेको बताए ।

उनले भने, ‘कस्तो मानसिक दरिद्रता ? आज स्कुल क्याम्पस गएका, विश्वका समाचार सुनेका, ठूलाठूला देशहरू निर्वाचित जनप्रतिनिधिले चलाएका देखेकै छन् त ? सबैभन्दा ठूलो जनसङ्ख्या भएको चीन निर्वाचित जनप्रतिनिधले चलाएका छन्, भारत, अमेरिका पनि निर्वाचित जनप्रतिनिधिले चलाएका छन्, अरू ठूला देशहरू पनि, केही देशमा राजतन्त्र खुम्चिएर साँच्चै शेरमोनियल भएर टिकेको छ । दुनियाँबाट राजतन्त्रको औचित्यको न वैज्ञानिकता छ, न न्यायिकता छ । केही छैन ।’

राजतन्त्रको माग लिएर आउनेहरूको चेतना देख्दा दया लागेर आउने ‌ओलीले टिप्पणी गरे ।

Comments

2 responses to “राजतन्त्र माग्नेहरू देख्दा दया लागेर आउँछ : ओली”

  1. manaia thompson Avatar
    manaia thompson

    I am waiting for the day when I can say RIP

    1. Mania Thompson Avatar
      Mania Thompson

      यो बर्बराइ रहने डाँका कैले यमराज काहाँ कैले जाने रहेछ? यमराजलाई पनि यो आएपछी त्यहाँ भएको अलिअली शान्ती क्गल्बलिने डर भएरै हुनुपर्छ, यो मनुवारूपी गुहुको किरा अझै यो धर्तिमा घुमिरहेको।

Leave a Reply

Your email address will not be published. Required fields are marked *