राजसंस्थाबारे कांग्रेस- संवैधानिक राजा मान्दा विगतमा धोका पायौँ, फेरि पक्षमा उभिने गल्ती गर्दैनौँ

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले पार्टी राजतन्त्रको पक्षमा उभिन सक्ने कुनै सम्भावना नरहेको प्रष्टीकरण दिएको छ।

पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता डा। प्रकाशशरण महतले विगतमा राजाबाट धोखा भएकाले फेरि स्वीकार्न सक्ने आधार नभएको बताए।

उनले भने, ‘हिजो हामीले हामीले संवैधानिक राजा मानेको, हिजो पटक पटक धोका दिएकाले फेरि धोका खाने पक्षमा कांग्रेस छैन। भोलि फेरि धोका हुँदैन भन्ने आधार छैन। राजतन्त्र फर्काउने पक्षमा कांग्रेस छैन। धर्म संस्कृति संरक्षण गर्ने कुरा संविधानमा पनि लेखिएको छ। यस विषयमा भोलिको दिनमा थप छलफल होला।’

उनले बोल्न र प्रदर्शन गर्नको लागि छुट दिएको भन्दै राजावादीहरूले विगतलाई हेर्न सुझाव दिँदै प्रदर्शन गर्न कुनै अवरोध नगरेको बताए। उनले संविधानको घेरा गैर संवैधानिक तरिकाबाट तोड्ने कुरा अनुचित भएको बैठकले ठहर गरेको सुनाए।

Comments

One response to “राजसंस्थाबारे कांग्रेस- संवैधानिक राजा मान्दा विगतमा धोका पायौँ, फेरि पक्षमा उभिने गल्ती गर्दैनौँ”

  1. Mania Thompson Avatar
    Mania Thompson

    राजनेता बि पि हुन कोहि पनि सक्दैन। प्रकाश ती दिनहरु सम्झ। २०३६ सालमा आन्दोलन पछि ने बि सँघ को क्याम्पस चुनावमा किन गति भएको थियो?र पनि बि पि ले राजा नरहे देश रजन्न, जस्तो सुकै भए पनि कम्युनिस्ट सङ्ग सहकार्य हुनु हुदैन भनेर ती हमिकै अगाडि भनेको कुरा बिर्सियौ?please have some spine and stand up against communist agenda. Because I know you very closely, you can do it if you like. Best wishes.

Leave a Reply

Your email address will not be published. Required fields are marked *