सूर्य थापाको प्रस्ताव- नेपालको नोटमा पृथ्वीनारायण शाहको फोटो राखौं (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले नेपालको नोटमा पृथ्वीनारायण शाहको फोटो राख्न राष्ट्र बैंकलाई सुझाव दिएका छन् ।

आज अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्थासम्बन्धी (बाफिया) विधेयकसम्बन्धी दफाबार छलफलको क्रममा थापाले नेपालको एकीकरणकर्ताको तस्बिर नोटमा छाप्ने कुराले राष्ट्र बैंक र देशको इज्जत बढ्ने तर्क गरे । नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेल पनि बैठकमा उपस्थित थिए ।

नोटमा आग्रह, पूर्वाग्रह सबैखाले पर्खाल भत्काउनुपर्ने थापाले बताए ।

उनले भने, ‘म राजावादी हैन, राजतन्त्र फाल्न लडेको मान्छे हुँ । तर, पृथ्वीनारायणशाहलाई राजावादीले मात्र मान्ने हैन । सबै नेपालीले मान्नुपर्छ । नोटमा पृथ्वीनारायण शाह तस्बिर अंकित नोटको थालनी गर्नुपर्छ । पृथ्वीनारायण शाहकै तस्बिर छैन, के नोट ? पृथ्वीनारायण शाहले रजौटाबाट राजा हुन एकीकरण थाल्नुभयो होला । तर, परिणाममा त्यो नेपालको एकीकरण भयो । नेपालको एकीकरणकर्ताको तस्बिर नोटमा छाप्ने कुराले राष्ट्र बैंक र देशको इज्जत बढ्छ ।’

नोटमा राखिएका तस्बिर बोकेर हिँड्दा गौरवबोध हुनुपर्ने भन्दै थापाले बुद्धलाई पनि नोटमा राख्नुपर्नेमा जोड दिए ।

Comments

2 responses to “सूर्य थापाको प्रस्ताव- नेपालको नोटमा पृथ्वीनारायण शाहको फोटो राखौं (भिडिओ)”

  1. तारा निधि पन्त Avatar
    तारा निधि पन्त

    गलत यस्तो गर्नु हुदैन ।

  2. कर्णबहादुर Avatar
    कर्णबहादुर

    गाैतमबुद्ध अझ बढी उपयुक्त हाेला

Leave a Reply

Your email address will not be published. Required fields are marked *