काठमाडौं । न्यायपालिका अधिकृत समाजको अध्यक्षमा अच्युत कुइकेल निर्वाचित भएका छन् । आइतबार सम्पन्न न्यायपालिका अधिकृत समाजको पाँचौँ साधारणसभाले कुइकेललाई अध्यक्षमा चयन गरेको हो ।
उपाध्यक्षमा निराजन पाण्डे र शारदा फुयाल चयन भएका छन् । त्यसै गरी महासचिवमा अविधान सापकोटा चयन हुँदा सचिवमा वीरेन्द्र बस्नेत चयन भएका छन् ।
यसैगरी कोषाध्यक्षमा प्रकाश सुवेदी चयन भएका छन् । सदस्यहरूमा नरेश कार्की, देवराज दाहाल, रेवतीप्रसाद पराजुली, उर्मिला भट्टराई, कविता दाहाल, तेज बहादुर राई, मुस्ताक अहमद खान र चक्रबहादुर रसाइली सुनार चयन भएका छन् ।
प्रदेश सदस्यतर्फ रामचन्द्र बस्नेत, प्रभाकर कुमार मल्लिक, भुपाल सुवेदी, सन्जिव ढकाल, रामप्रसाद पोख्रेल, उज्जलदेव रावल, चेतराज पन्त चयन भएका छन् ।

Leave a Reply