काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले आजै छोड्ने तयारी गरेको छ । उनलाई दिउँसो नारायणचौरमा आयोजित राजावादी प्रदर्शनका क्रममा पक्राउ गरिएको थियो ।
प्रहरीले स्रोतले थापालाई छोड्ने प्रक्रिया भइरहेको बतायो । उनीसँगै पक्राउ परेका ५ राजावादी कार्यकर्ताहरु पनि छुट्ने भएका छन् ।
यसैगरी, थापालाई भेट्न जाँदा प्रहरी परिसरबाट पक्राउ परेका राप्रपा सांसद दीपक सिंह पनि छुट्ने छन् । अहिले कागजी प्रक्रिया भइरहेको प्रहरीले स्रोतको भनाइ छ ।

Leave a Reply