बाढीका कारण पूर्व-पश्चिम सडकखण्डमा निर्माणाधीन कल्भर्ट र डाइभर्सन बगायो

विराटनगर । झापामा बिहानबाट परेको मुसलधारे वर्षाका कारण आएको बाढीले पूर्व पश्चिम सडक खण्डामा समेत यातायात सञ्चालनमा समस्या भएको छ ।

झापाको विर्तामोडबाट पूर्व काँकडभिट्टा सम्म विभिन्न स्थानमा कल्भर्ट र डाइभर्सन बगाएपछि यातायात सञ्चालनमा समस्या भएको हो । प्रहरीका अनुसार पूर्व पश्चिम सडक खण्डमा निर्माणाधीन राजमार्गमा बनाइएका केही डाइभर्सन बाढीले बगाएका कारण यातायात अवरुद्ध भएको हो ।

काँकडभिट्टाको काली खोलामा बाटो बगाउँदा पूर्णपुरमा यातायात अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिए । वैकल्पिक मार्गबाट यातायात सुचारु गराउने प्रयास भइरहेको उनले बताए ।

धुलाबारीनजिक कल्भर्ट बाढीले बगाएको छ । त्यस्तै बुट्टा वारी चारआली सडक खण्डमा पनि बाढीले डाइभर्सन बगाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *