प्रेस चौतारीका संस्थापक अध्यक्ष चालिसेको गोकर्णेश्वर घाटमा अन्त्येष्टि

काठमाडौं । प्रेस चौतारी नेपालका संस्थापक अध्यक्ष विजय चालिसेको अन्त्येष्टि गरिएको छ । शुक्रबार ७४ वर्षको उमेरमा निधन भएका चालिसेको गोकेर्णेश्वर घाटमा अन्त्येष्टि गरिएको हो ।

गोरखापत्र दैनिकका पूर्वसम्पादक तथा वरिष्ठ साहित्यकार चालिसे क्यान्सरका पीडित थिए । उनी प्रगतिवादी साहित्यकार स्व. गोविन्द विकलका छोरा हुन् ।

उनको पार्थिव शरीरमा प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेले संगठनको झण्डा ओढाए ।

त्यसक्रममा घाटमा संगठनका पूर्वअध्यक्ष राजेन्द्र अर्याल, पूर्ववरिष्ठ उपाध्यक्ष श्रीधर आचार्य, वरिष्ठ नेता विश्वमणि सुवेदी, उपाध्यक्ष चेतन अधिकारी, महासचिव हीरामान लामा, उपमहासचिव हरिबल्लभ नेपाल, सचिवहरू विष्णु तारुके, नरेश भण्डारी लगायत पुगेका थिए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *