दूरी बढेको चर्चाबीच शेखर र गगनबीच छलफल

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र पार्टीका महामन्त्री गगन थापाबीच भेटवार्ता भएको छ । महामन्त्री थापाले विशालनगरस्थित कोइरालाको सचिवालयया पुगेर शेखरसँग भेट गरेका हुन् ।

भेटमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार पनि सहभागी रहेको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताए ।

भेटमा सरकार र पार्टीको आन्तरिक गतिविधिबारे छलफल भएको उनले बताए । १४ औँ महाधिवेशनमा शेखर र गगन एउटै समूहबाट चुनाव लडेका थिए । तर पछिल्लो समय शेखर र गगनबीच दूरी बढेको चर्चाबीच गगन शेखरको सचिवालयमै पुगेर भेट गरेका हुन् । भेटमा क्रियाशील सदस्यताबारे पनि छलफल भएको बताइएको छ ।

शेखरले १५ औँ महाधिवेशनमा पनि नेतृत्वको तयारी थालेर देश दौडाहा छन् भने महामन्त्री थापा पनि अघोषित तयारी गरिरहेका छन् । दुई नेताहरूले नै नेतृत्वको तयारी थालिरहेको बेलामा शेखर र गगन आगामी महाधिवेशनमा एउटै समूहमा नरहने चर्चा कांग्रेसवृत्तमा हुँदैछ ।

तर, थपलियाले शेखर र गगनबीच आवश्यकता कुराकानी भइरहेको भन्दै बाहिर चलेजस्तो छलफल नै हुन छाडेको भन्ने हल्लामा सत्यता नभएको दाबी गरे ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *