टीआरसी आयोगका पदाधिकारीलाई पूर्वाग्रह नराखी काम गर्न सुझाव (भिडिओ)

काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष महेश थापाले द्वन्द्वपीडित व्यक्तिहरूलाई आयोगमा राख्नु उचित नहुने बताएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रियसभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा थापाले स्वार्थको द्वन्द्व हुने भएकाले द्वन्द्वपीडित व्यक्तिहरूलाई आयोगमा राख्नु उचित नहुने बताए । आयोगका रहँदा आफूले कानूनभन्दा तलमाथि नगर्ने थापाले वाचा गरे ।

उनले आयोगलाई काम गर्न सबैले सहयोग गर्नुपर्ने भन्दै काम नगर्न नसके राजीनामाको सुझाव उचित नभएको जिकिर गरे । अध्यक्ष थापाले द्वन्द्वपीडितहरूको अस्वाभाविक दबा स्वीकार्न नसकिने गरे ।

अध्यक्ष थापाले द्वन्द्वपीडितले अस्वाभाविक दबाब दिन खोजेको धारणा राखेपछि माओवादीका राष्ट्रियसभा सदस्य मनरूपा शर्माले धम्काउने भाषा बोलेको भन्दै आपत्ति जनाइन् ।

द्वन्द्वपीडितले भोग्नुपरेको समस्याका बारेमा जानकारी लिएरमात्रै अभिव्यक्ति दिन उनले सुझाइन् । आयोगका अहिलेको नेतृत्वबाट न्याय पाउने आश नरहेको मनरुपाको टिप्पणी छ ।

त्यस्तै बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीलादेवी गड्तौलाले सबैको सहयोगमा नै पीडितलाई न्याय हुने गरी कार्यसम्पादन गर्ने बताइन् ।

उहाले गम्भीर मानवअधिकार उलंघनका घटनामा क्षमादान नहुने भएकाले त्यसमा गम्भी रहेको उनको धारणा छ ।

त्यस्तै समिति सदस्यहरुले सङ्क्रमणकालीन न्यायसँग जोडिएका विषयलाई छिटो टुङ्ग्याउने गरी पूर्वाग्रही नभइ काम गर्न सुझाव दिए थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *