काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सरकारले ल्याएको बजेट अझै बोल्ड हुनसक्ने भए पनि ठीकठाकै रहेको प्रतिक्रिया दिएका छन्।
पूर्वअर्थमन्त्रीसमेत रहेका महतले संसद भवन परिसरमा प्रतिक्रिया दिँदै आफ्नो अनुभवमा ठोस रूपमा प्रस्तुत गर्न सक्ने भए पनि सही दिशातर्फ नै उन्मुख रहेको बताए ।
उनले भने, ‘अनावश्यक रूपमा कनिका छरे जस्तो बजेट विनियोजन गर्ने प्रवृत्ति थियो । त्यसको कुनै प्रतिफल आउँदैनथ्यो । ४ हजार आयोजना घटाउने भनिएको छ, तीन करोडको सीमा हामीले पहिला पनि भनेका थियौँ । त्यसले सुधार ल्याएर परिणाम दिनसक्छ ।’
उनले नीति तथा कार्यक्रममा समेटिएका केही विषयहरू बजेटमा प्रस्ट उल्लेख नभएको प्रतिक्रिया दिए ।

Leave a Reply