ओखलढुंगा । जिल्ला अदालतका न्यायाधीश गिरिराज गौतमले संविधानले स्थानीय तहका न्यायिक समितिलाई पूर्ण न्यायाधीशको भूमिकामा राखेको भन्दै न्यायिक समितिबाट भएका कारवाही कानूनसरह हुने बताएका छन् ।
ओखलढुंगाको लिखु गाउँपालिका न्यायिक समितिले आयोजना गरेको न्याय निरुपणमा नियक समितिका भूमिका विषयक वक्तृत्वकला प्रतियोजिता उद्घाटन गर्दै न्यायाधीश गौतमले विद्यालय तहदेखि नै न्यायिक समितिको बारेमा जानकारी गराउनुपर्ने बताए ।
उनले अहिलेसम्म देशमै यस्तोखाले पहिलो कार्यक्रम भएको भन्दै स्थानीय तहको क्षेत्राधिकारमा पर्ने न्यायिक समिति संयोजक पूर्ण न्यायाधीश हुने बताए । न्यायिक समितिले गरेका कामलाई कानूनले मान्यता दिएर प्रबद्र्धन गर्ने र ती फैसला कानूनसरह हुने बताए ।

न्यायिक समिति संयोजक समेत रहेकी लिखु गाउँपालिका उपाध्यक्ष अस्मिता थापाले न्यायिक समितिको बारेमा जानकारी नहुँदा सर्वसाधारणले अझै पनि आधारभूत कानूनी सुविधा पाउन नसकेको बताइन् ।
गाउँपालिका अध्यक्ष अशोक कुमार कार्कीले न्यायिक समितिका कामहरुलाई पालिकाले व्यवस्थित गरिरहेको बताए । कार्यक्रममा विभिन्न विद्यालयका छात्रछात्राले न्यायिक समितिको भूमिकाबारेको वक्तृत्वकलामा भाग लिएका थिए ।


Leave a Reply