बजेटः सबैभन्दा बढी शिक्षामा, अरु के केमा कति ?

काठमाडौं । सरकारले सबैभन्दा बढी बजेट शिक्षा मन्त्रालयलाई विनियोजन गरेको छ । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदमा प्रस्तुत गरेको बजेटअनुसार सबैभन्दा बढी बजेट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई २ खर्ब ११ अर्ब १७ करोज विनियोजन गरेको हो ।

दोस्रोमा सबैभन्दा बढी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई १ खर्ब ५२ करोड विनियोजन भएको छ । यस्तै तेस्रो नम्बरमा शहरी विकास मन्त्रालयलाई १ खर्ब १८ अर्ब ३४ करोड विनियोजन भएको छ ।

यी तीन मन्त्रालयबाहेक अरु मन्त्रालयमा खर्बको बजेट विनियोजन भएको छैन । सबैभन्दा कम महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई २ अर्ब ८ करोड मात्रै विनियोजन भएको छ ।

कुन मन्त्रालयलाई कति बजेट विनियोजन भयो ?

  • शिक्षा २ खर्ब ११ अर्ब १७ करोड
  • भौतिक तथा यातायात १ खर्ब ५२ अर्ब
  • शहरी विकास १ खर्ब १८ अर्ब ३४ करोड
  • स्वास्थ्य तथा जनसंख्या ९५ अर्ब ८१ करोड
  • ऊर्जा तथा जलस्रोत ८६ अर्ब १ करोड
  • कृषि तथा पशुपन्छी ५७ अर्ब ४८ करोड
  • खानेपानी ३३ अर्ब ८९ करोड
  • वन तथा वातावरण १८ अर्ब ६१ करोड
  • संस्कृति तथा पर्यटन १३ अर्ब २८ करोड
  • उद्योग तथा वाणिज्य १० अर्ब १४ करोड
  • सञ्चार ७ अर्ब ७२ करोड
  • भूमि व्यवस्था ७ अर्ब ४९ करोड
  • युवा तथा खेलकुद ६ अर्ब ८ करोड
  • श्रम ४ अर्ब २८ करोड
  • महिला बालबालिका २ अर्ब ८ करोड

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *