पर्यटन क्षेत्रलाई १३ अर्ब बजेट: पर्यटकीय क्षेत्रका सरकारी जग्गा लिजमा दिइने

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले ल्याएको आजको बजेटमा ‘पर्यटन पूर्वाधार र सम्पदा संरक्षण’ शीर्षकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमा १३ अर्ब २८ करोड बजेट राखिएको छ । बजेटमा हिल स्टेसनका पूर्वाधारलाई सरकारी वनको जग्गा लिजमा दिइने व्यवस्था गरिएको छ ।

बजेटमा यसबारेमा भनिएको छ, ‘प्रमुख पर्यटकीय क्षेत्रमा हिल स्टेसन, होटेल, लज, रिसोर्टलगायतका पर्यटन पूर्वाधार निर्माणका लागि वन क्षेत्रलगायत सरकारी स्वामित्वको जमिन लिजमा दिने व्यवस्था गरिनेछ ।’

बजेटमा विभिन्न परियोजनाहरु तोकिएका छन् । कोशी टप्पुबाट सगरमाथासम्मको पदयात्रा होस् वा स्वर्गद्वारीबाट मुक्तिनाथसम्मको पदमार्ग निर्माणमा होस् पदमार्गमा बजेटले छोएको छ । छिमेकी देशका पर्यटकहरुलाई तान्न छिमेकी देशका पर्यटकहरुलाई लक्षित गरेर ब्रान्डिङ गर्ने, बजारीकरण गर्ने र पर्यापर्यटन विकास गर्ने, स्थल मार्गबाट आउने पर्यटकलाई स्वागत तथा सेवा केन्द्र सञ्चालन गर्ने मुद्दा बजेटमा आएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटकीय हब बनाउने र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई ४ अर्ब १५ करोड विनियोजन गरिएको छ भने युरोपेली संघले भनेअनुसार नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक दुई भागमा विभाजन गर्ने सवाल पनि बजेटमा आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *